About Our School
यस नवज्योति बहिरा माध्यमिक विद्यालय बहिरा (सुनाई तथा बोलाई सम्बन्धी बहिरा एवम् सुस्तश्रवण भएका बालबालिकाहरु र सो संग जोडिएर आउने न्युनदृष्टि, शारीरिक एवम् श्रवणदृष्टिविहिन) बालबालिकाहरुलाई सांकेतिक भाषाको माध्यम द्वारा निःशुल्क पठन पाठन गराउने एक मात्र विशेष विद्यालय हो । शारिरीक र मानसिक रुपमा तन्दुस्त भएका बहिरा बच्चाहरु आफ्नो घर गाउँ नजिक उनिहरुको समस्या अनुकुल पढ्ने विद्यालय नहुँदा पढ्न नपाई घर परिवार तथा समाज बाट हेपिएर रहेको अवस्थालाई ख्याल गर्दै यस विद्यालयको स्थापना २०५९ सालमा भएको हो । सुरुवातमा सिन्धुली बहिरा संघले अनौपचारिक रुपमा सांकेतिक भाषाको कक्षाबाट प्रारम्भ गरी २०६० साल देखि जि.शि.का. सिन्धुली बाट कक्षा संचालनमा अनुमति पाई औपचारिक विद्यालय संचालनमा रहेको छ । सांकेतिक भाषाको माध्यमबाट पढाइ हुने यस विद्यालयमा पढ्न आउने सम्पुण विद्यार्थीहरुलाई आवास (छात्रावास) को सुविधा रहेको छ यहाँ खाना, बस्न र पढ्न कुनै पनि शुल्क लाग्दैन । छात्रावासमा र पढ्नका लागि चाहिन सम्र्पुण सामाग्री (जस्तैः ओड्ने, ओछ्याउने, खाना खाने भाँडा), पाठ्य पुस्तक र अन्य शैक्षिक सामाग्री विद्यालयलेनै निःशुल्क रुपमा दिने गरेको छ । यस विद्यालयमा हाल विभिन्न जिल्लाका करिब ५४ (१ भारती ) २००+ जना विद्यार्थीहरु छात्रावासमा बसेर पठन पाठन गरिरहेका छन् भने विद्यालय कक्षा नेपाली साङ्केतिक भाषाको माध्यमबाट बालविकास(ECD) कक्षा देखि १२ कक्षा सम्म संचालनमा रहेको छ । अहिले विद्यालयमा शिक्षक, कर्मचारी गरी २३ जना कार्यरत रहेका छन् । यस विद्यालयलाई कमलामाइ नगरपालिका, सिन्धुली, शिक्षा विकास तथा संमन्वय इकाइ सिन्धुली र सिन्धुली बहिरा संघ मार्फत नेपाल राष्ट्रिय बहिरा महासंघले सहयोग गरिरहेको छ भने समय समयमा प्लान नेपाल लगायतका अन्य गैरसरकारी संस्थाको पनि सहयोग हुँदै आएको छ ।
Lorem ipsum dolor sit amet consectetur adipisicing elit. Ipsam incidunt inventore repellat amet corporis consectetur minus iure porro harum laudantium, nisi beatae dolores perferendis id iusto, tenetur enim voluptatem voluptatum!
तपाईहरुकाे घर, छिमेकमा कोही कान नसुन्ने, नबोल्ने बच्चाहरु छन् भने पूर्व जन्मको पाप वा अन्य कारण ले यस्तो भइहाल्यो के गर्नु भनेर जब चिन्ता गरेर बस्नु पर्दैन, हामीलाई सम्पंक गर्नुहोस्. हामी त्यस्ता बच्चाहरुलाई निःशुल्क रूपमा आवासिय सुविधा सहित पढ्ने ब्यवस्था मिलाईदिन्छौ । पढ्ने उमेर पार भईसकेका भए, उनिहरुलाई सांकेतिक भाषाको तालिम दिएर, सुहाउँदो रोजगारमूलक तालिममा सहभागी गराएर आफ्नो खुट्टामा उभिन सक्ने बनाउन मद्दत गर्छौ ।