मितिः २०७९।०९।२१

सिन्धुली निर्वाचन क्षेत्र नं. ०२ का प्रतिनिधि सभा सदस्य माननीय लेखनाथ दाहाल (राजन)ज्यूले कमलामाई नगरपालिका वडा नं.०६, जसेदमारमा रहेको श्री नवज्योति बहिरा माध्यमिक विद्यालयको विद्यालय शैक्षिक गतिविधी, छात्रावास, भान्साघर, लगायतको स्थलगत अनुगमन तथा निरिक्षण गर्नु भएको छ । माननीय लेखनाथ दाहाल (राजन)ज्यूलाई विद्यालयका संस्थापक श्री नारायण बराल, प्रअ बिजय तामाङ, लगायत उपस्थित शिक्षक, कर्मचारीहरुले स्वागत एवम् बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।
माननीयज्यूलाई विद्यालयमा रहेको विद्यमान तपसिलमा उल्लेखित विषय वस्तुहरुको बारेमा अवगत गराउने कार्य सम्पन्न भयो ।
१) अहिले ६६ जना अपाङ्गता भएका छात्राहरुले छात्रावासमा प्रयोग गर्ने शौचालय एउटा मात्र रहेको । छात्रा छात्रावास भवनको आवश्यकता रहेको ।
२) छात्राहरुको छात्रावासका लागि रेखदेख गर्ने र समस्या बुझ्न बोल्न सक्ने र सुन्न सक्ने महिला वार्डेन आवश्यक भएको ।
३) विद्यालय र छात्रावासमा रहने बालबालिकाहरुको समग्र सुरक्षाको लागि पाले आवश्यक भएको ।
४) प्रावि ६ वटा राहत, मावि प्रदेश अनुदान १ र निमावि नगर अनुदान १ ले कक्षा १२ सम्म विद्यालयको शैक्षिक क्रियाकलाप सञ्चालन गरिरहेको । निमावि र माविमा दरबन्दि थप गर्नपर्ने ।
५) १९४ जना बहिरा एवम् बहुअपाङ्गता भएका विद्यार्थीहरुलाई विशेष गरी छात्रावासमा रहँदा स्वास्थ्य सम्बन्धि समस्या आईरहने हुनाले विद्यालय नर्सको अनिवार्य आवश्यक भएको ।
६) दिवा खाजा कक्षा ७ सम्म सरकारबाट उपलब्ध भएको र कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई विद्यालयकै स्रोतबाट खाजा खुवाइरहेको ।
७) अपाङ्ग आवाशीय छात्रवृतिको रकम रु ४०००।– अपुग भएको ।
८) अपाङ्गता समावेशी खेलमैदान नभएको ।
९) कक्षा ११ र १२ सञ्चालन गर्न कक्षाकोठा अभाव भएको ।
माननीयज्यूले समस्या समाधान गर्न इमान्दार नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियाे । माननीयज्यूलाइ विद्यालयकाे तर्फबाट मायाकाे चिनाे प्रदान गरिएकाे थियाे ।


